काठमाडौं । भूकम्प गएको साढे तीन वर्ष भइसक्यो। तर, क्षतिग्रस्त सामुदायिक विद्यालयका लागि सरकारले भारतबाट झिकाएको करोडौँ मूल्यका जस्तापाता वीरगञ्जमै अलपत्र छन्।


ADVERTISEMENT


०७२ सालको भूकम्पबाट क्षतिग्रस्त राजधानीलगायत पहाडी क्षेत्रका धेरै विद्यालयले उता पुनर्निर्माण पर्खिरहेका छन्। तर वीरगञ्जमा रोकिएका जस्तापातामा खिया लागिसकेको छ ।


ADVERTISEMENT

# # #


सरकारको निर्देशनमा साल्ट टे«डिङ कर्पोरेशनले भारतको कोलकतास्थित जिन्दल कम्पनीबाट २६ करोड ६ लाख रुपैयाँ मूल्यको ३० लाख २२ हजार ६ सय ६२ केजी जस्तापाता आयात गरेको थियो।

वीरगञ्जको नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालयको चौरमै साढे तीन वर्षदेखि जस्तापाता थुपारिएका छन्।

जस्ता मगाएपछि सरकारले कुनै चासो नदेखाउँदा जस्तापाता त्यत्तिकै थन्किएका कर्पोरेशनका वीरगञ्ज प्रमुख अमोज लामिछानेले बताए।

जस्तापाता खिया लागेर सड्दै गए पनि सम्बन्धित निकायले चासो दिएको छैन।