विदुर– केही दिनअघि मात्रै महिला हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भए पनि नुवाकोट सदरमुकाममा मङ्गलबार मध्यराति एक वृद्धामाथि बलात्कार गरी हत्या गर्ने भएको घटना सार्वजनिक भएको छ ।


ADVERTISEMENT


विदुर नगरपालिका–३ की महिला बेलकोटगढीस्थित माइतीबाट फर्कँदै गरेको अवस्थामा गाउँकै एक पुरुषबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भीमलाल भट्टराईले जानकारी दिए । राति १० बजे छिमेकी ५० वर्षीय रामशरण नेपालीले जबर्जस्ती करणीपछि ज्यान मार्ने प्रयास गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा आज उजुरी दर्ता भएको छ ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार ती पुरुषले बलात्कार गरेपछि घटना सार्वजनिक हुने डरले वृद्धाको हत्या प्रयास गरेका थिए र तर वृद्धा प्रतिकारका लागि हारगुहार गरेपछि हत्या हुनबाट जोगिएकी थिइन् । हाल उनको काठमाडौँस्थित वीर अस्पतालको ट्रमा सेण्टरमा उपचार भइरहेको जनाइएको छ ।

यता अभियुक्त नेपालीलाई आजै प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिहेको र जिल्ला अदालत नुवाकोटमा मुद्दा दर्ताको तयारी गरिएको प्रहरीले बताएको छ ।