रुकुम पश्चिम । घरमै सुतिरहेका बेला बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीमाथि ढुङ्गा प्रहार हुँदा घाइते भएका छन् । मंगलबार राति साढे ८ बजे अध्यक्ष केसीमाथि केही युवाहरुले आक्रमण गरेका हुन् ।


ADVERTISEMENT


गाउँपालिकाको वडा नम्बर ४ मा सुतिरहेका गाउँपालिका अध्यक्षमाथि विवाहबाट फर्किरहेका युवाले ढुङ्गा प्रहार गरी आक्रमण गरेको प्रहरीले जनाएको छ । कुटपिटपछि अध्यक्ष केसीको टाउकोमा ३ वटा टाँका लगाइएको छ भने अनुहारमा पनि चोट लागेको छ । घटनापश्चात् बाँफिकोट स्वास्थ्य चौकीमा राति नै उपचार गराएर अध्यक्ष केसी घर फर्किएका थिए ।


ADVERTISEMENT

# # #


मदिरा सेवन गरेका युवाहरुले अध्यक्ष केसीको घरबाहिर राखिएका भाँडाकुँडा तोडफोड गरेका थिए । सुतिरहेका अध्यक्षले घर बाहिरै आएर त्यसो नगर्न आग्रह गर्दा उनीमाथि आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए।

घटनामा संलग्न ७ जनालाई नियन्त्रणमा लिइएको डीएसपी खड्काले जनाउनुभयो । राति १ बजे ५ र बिहान २ जनालाई नियन्त्रणमा लिइएको डीएसपी खड्काले उल्लेख गरे। इलाका प्रहरी कार्यालय बाँफिकोटको निन्त्रणमा रहेका उनीहरुलाई जिल्ला ल्याइँदै गरेको बताइएको छ । अत्याधिक मदिरा सेवन गरेका युवाहरुले घरमै बसेका अध्यक्षमाथि बिना कारण कुटपिट गरेको प्रहरीले बताएको छ ।