काठमाडौँ– एनआईसी एशिया बैंक लिमिटेडले आईएमर्ई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT


सम्झौता अनुसार अब बैंकका ग्राहकले मुलुकभर फैलिएको २७० वटै शाखाहरुबाट सहज रुपमा आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सकिने बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २७० शाखा कार्यालयहरु, २८५ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।