श्याम ठाकुर, सिरहा – केही दिनअघि दिउँसै आफ्नो पैसा लुटिएको भन्दै गलत हल्ला फैलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहा प्रहरीले शुक्रबार सिरहाको धनगढीमाई नगरपालिका १० बस्ने २३ वर्षीय चितकुमार कामैतलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


कामतीले बा ५५ प ४३५५ नम्बरको मोटरसाइकलमा बुधबार गोलबजारको ज्योति विकास बैँकबाट सात लाख रुपैयाँ बोकेर लहानतर्फ जाँदा लुटिएको सूचना प्रहरीलाई दिएका थिए।
प्रहरीलाई उनले धनगढीमाई नगरपालिका ३ स्थित उग्रचण्डी पेट्रोल पम्प नजिकै दुई जनाले आफ्नो पैसा लुटेको बताएका थिए। इलाका प्रहरी कार्यालय लहानले सूचना पाएलगतै जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरीले फरार व्यक्तिको खोजतलास गरेका थिए।


ADVERTISEMENT

# # #


अनुसन्धान गर्दै जाँदा कोही अरुले होइन कामतीले स्वयंले केही रकम आफ्नो, साथी नातेदार र आफैँ राखेको भेटिएको सिरहा प्रहरी प्रवक्ता तथा डीएसपी माधवराज खरेलले बताए। उनका अनुसार गलत हल्ला फैलाएको कसुरमा उनीमाथि अनुसन्धान अगाडि बढेको छ।