काठमाडौं – गौरव तोमार र जयकिशन कोल्सावालाको उत्कृष्ट साझेदारीको मदतमा ललितपुर प्याट्रियट्सले काठमाडौँमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा दोस्रो जित हात पारेको छ । ललितपरेले सोमबार पोखरा राइनोजलाई ८ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


त्रिवी मैदानमा टस जितेर ब्याटिङ थालेको पोखराले १६६ रन बनायो । १६७ रनको चुनौति पच्छ्याएको ललतिपरले १५.५ ओभरमा मात्र २ विकेटको क्षतीमा १७१ रन पूरा गर्यो । ललितपुरलाई जित दिलाउन गोरब तोमार र जयकिसन कोल्सावालाले शतकीय साझेदारी गरे । यसक्रममा जयकिशन कोल्सावालाले ३८ बलमा ५१ रन बनाए ।


ADVERTISEMENT

# # #


त्यसका लागि ४ चौका र ३ छक्का हानेका थिए । यस्तै गौरव तोमारले निकै नै आक्रामक खेले । उनले ४१ बलमा ४२ रन बनाएर पेवेलियन फर्किए । उनले ८ छक्का र ४ चौका ठोके । सन्नी पटेल २० र सोनु तामाङ ११ रनमा नटआउट रहे ।

यता पोखराका लागि सुशन भारी र पाउल कोलिनने १-१ विकेट लिए ।

यसअघि दक्षिण अफ्रिकाका रिचार्ड लेभिको ८४ रनको उत्कृष्ट पारीको मद्दतमा पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुर प्याट्रियट्सलाई १६७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलको पहिलो इनिङ्समा २० ओभर पूरा खेल्दै पोखराले ४ विकेट गुमाएर १६६ रन बनाएको हो ।

पोखराका लागि आक्रामक व्याटिङ सुुरुआत गरेका रिचार्ड लेभि एक्लैले पोखराको अग्रपंक्तिको ब्याटिङ इनिङ सम्हाले भने फिनिसिङमा पोखराका लागि नेपालका हिटर ब्याट्सम्यानका रुपमा चिनिने विनोद भण्डारीले महत्वपूर्ण भूमिका खेले ।
लेभिले ९ छक्का र ३ चौका प्रहार गर्दै ८४ रन बनाउँदा भण्डारीले २३ बलमा ३४ रन बनाए । पोखराले पहिलो विकेटका रुपमा लेभिसँगै ओपनिङ ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका कप्तान काइल कोइट्जरले १९ रनमात्रै बनाउँदा ब्याट्सम्यान पाउल कौलिनले १४ रन र सुनिल धमलाले १० रनमात्रै बनाए ।

पोखरालाई कम रनमा रोक्न ललितपुरका पवन शराफले उत्कृष्ट बलिङ गरे । उनी एक्लैले पोखराका महत्वपूर्ण तीन विकेट लिए । आक्रामक रुपमा ब्याटिङ गरिरहेका पोखराका लेभिलाई पवनको बलमा सन्दीप जोराले क्याच गरेपछि केही हदसम्म खेलमा ललितपुरको नियन्त्रण देखिएको थियो ।

पोखराका रिचार्ड लेभि, सुनिल धमला र कप्तान काइल कोइट्जरको महत्वपूर्ण विकेट पवन एक्लैले लिए । उनले ४ ओभर बलिङ गर्दै ३१ रन खर्चेर ३ विकेट लिए ।