काठमाडौँ– काठमाडौँमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट प्रतियोगितामा रेकर्डमाथि रेकर्ड बनेको छ । आइतबार पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सबीच भएको खेलमा विभिन्न कीर्तिमान बनेका छन् ।


ADVERTISEMENT


खेलमा पोखराले प्रतियोगिताकै उच्च स्कोरको चुनौति दियो । यसअघि इपीएलमा २१५ रन कुनैपनि टिमले बनाउन सकेका थिएनन् । तर त्यो उच्च स्कोर भैरहवाका लागि रवीइन्दर सिंहले समान्य बनाइदिए । उनले इपीएल इतिहासकै दोस्रो शतक (पहिलो शतक मोहम्मद आशिफ सेखका नाममा रहेको छ । आशिफले इपीएलको पहिलो संस्करणमा १०० रन बनाएका थिए) प्रहार गरे । विष्फोटक ब्याटिङ गरेका उनले ४८ बलमा व्यक्तिगत १०० रन पूरा गरे । उनी इपीएलमा शतक प्रहार गर्ने पहिलो विदेशी खेलाडी बने ।


ADVERTISEMENT

# # #


त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा २१५ रन बनाएको थियो । पोखराका लागि रिचार्ड लेभीले ३६ बलमा ७९ रन बनाए । यसक्रममा उनले ७ चौका र ७ छक्का प्रहार गरेका थिए । उनले कप्तान कोएट्जरसंग शतकीय साझेदारी गरेका थिए । यस्तै पोखराका लागि कप्तान कोएट्जरले ४७ रन बनाए । उनले ३७ बलमा चार चौका र २ छक्का हानेका थिए । सुनिल धमलाले ३९ रन बनाउँदा पाउल कोलिनले २० रन बनाए भने विनोद भण्डारी ७ रनमा आउट भए । यस्तै सौरभ खनालले ७ र राजेश पुलामी मगरले ३ रन जोडे ।

भैरहवाका लागि अभिनास बोहरा, कृष्ण कार्की, पुनित बिष्ट, र रेनटेन डेस्काटेले समान १/१ विकेट लिए ।

२१६ रनको विशाल लक्ष्य पच्छ्याएको भैरहवाले १९.४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।  पोखराको जितमा रवीइन्दर सिंह तगारो बने । प्रतियोगिताकै पहिलो शतक प्रहार गरेर उनले शानदार जित दिलाए ।

उनले बलमा चौका र छक्काको मदतमा १२५ रन बनाएर अविजित रहे । यस क्रममा उनले मात्र ६० बल खेलेर १० छक्का र ८ चौका प्रहार गरे ।  विष्फोटक ब्याट्समेनका रुपमा चिनिने रवीइन्दरले गत कार्तिकमा पोखरामा भएको पीपीएलको फाइनलमा पारस खड्काको चितवन राइनोजविरुद्ध ५८ बलमा ९० रन बनाएर शरद भेषवाकरको पोखरा राइनोजलाई उपाधी दिलाएका थिए ।

यस्तै भैरहवाका लागि आरिफ सेखले २३ रन बनाए । आरिफले रवीइन्दरसंग ८९ रनको महत्वपूर्ण साझेदारी गरे । जसक्रममा आरिफले १३ बलमा २ छक्काको मदतमा २३ रन बनाए । यस्तै रेनटेन डेस्काटाले १६ रन जोड्दा प्रदीप ऐरी १४ बनाएर आउट भए । पुनित मेहरा १८ रनमा अविजित रहे ।

यता पोखराका लागि पाउल कोलिन, बिक्रम सोब र शुसन भारीले २/२ विकेट लिए ।

फोटो : भैरहवाको फेसबुकबाट