काठमाडौँ– काठमाडौँमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) टी २० किैकेट प्रतियोगितामा पोखरा राइनोजले भैरहवा ग्लाडिएटरस्लाई २१६ रनको विशाल चुनौति दिएको छ । दक्षिण अफ्रिकाली रिचार्ड लेभीले विष्फोटक ब्याटिङ गरेपछि पोखराले उच्च स्कोर बनाएको हो ।


ADVERTISEMENT


त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटि थालेको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा २१५ रन बनाएको हो । पोखराका लागि रिचार्ड लेभीले ३६ बलमा ७९ रन बनाए । यसक्रममा उनले ७ चौका र ७ छक्का प्रहार गरेका थिए ।


ADVERTISEMENT

# # #


उनले कप्तान कोएट्जरसंग शतकीय साझेदारी गरेका थिए । यस्तै पोखराका लागि कप्तान कोएट्जरले ४७ रन बनाए । उनले ३७ बलमा चार चौका र २ छक्का हानेका थिए । सुनिल धमलाले ३९ रन बनाउँदा पाउल कोलिनले २० रन बनाए भने विनोद भण्डारी ७ रनमा आउट भए । यस्तै सौरभ खनालले ७ र राजेश पुलामी मगरले ३ रन जोडे ।

भैरहवाका लागि अभिनास बोहरा, कृष्ण कार्की, पुनित बिष्ट, र रेनटेन डेस्काटेले समान १/ १ विकेट लिए । भैरहवाले जवाफी ब्याटिङ गरिरहेको छ ।