काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि भ्रष्टाचारविरुद्ध विभिन्न जनचेतनामूलक अभियान तथा खबरदारीका कार्यक्रम गरी मनाइँदैछ ।
दिवसको अवसरमा अाइतबार दिउँसो १ बजे माइतीघर मण्डलामा जनचेतनामूलक कार्यक्रम हुँदैछ।


ADVERTISEMENT


संयुक्त राष्ट्रसंघले सन् २००३ को डिसेम्बर ९ मा भ्रष्टाचारविरुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समर्थन जुटाउन भ्रष्टाचार विरुद्धको महासन्धिलाई सदस्य राष्ट्रबाट अनुमोदन गराउन आग्रह गर्दै दिवस मनाउने घोषणा गरेको थियो।


ADVERTISEMENT

# # #


त्यही दिनको स्मरणमा भ्रष्टचार विरुद्धको दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्र संघले भ्रष्टाचारविरुद्ध एक हुन सबैलाई आह्वान गरेको छ। राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले भ्रष्टाचार विश्वका सबै देशमा व्याप्त रहेकोमा चिन्ता व्यक्त गर्दै त्यसविरुद्ध एक हुन सबैमा अपिल गरेका छन्।