काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका निम्ति शनिबार देशभरका विभिन्न स्थानहरूमा दबाबमूलक कार्यक्रमहरू आयोजना गरिने भएको छ।


ADVERTISEMENT


निर्मला पन्तको बलात्कार र हत्या भएको करिब ४ महिना बित्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै अभियान्ताहरूले स्वत:स्फूर्त रूपमा दबाबमूलक कार्यक्रहरू आयोजना गरेका हुन्।


ADVERTISEMENT

# # #


काठमाडौंको माइतीघर,बनेपाको काभ्रे लगायतका स्थानहरूमा दबाबमूलक कार्यक्रमहरू आयोजना गरिँदै छ।

साउन १० गते आफ्नी साथी रोशनी बमको घरमा होमवर्क गर्न भन्दै गएकी निर्मला घर फर्केकी थिइनन्।

भोलिपल्ट आफ्नो घरबाट आधा घण्टाको दूरीमा उनी मृत फेला परिन्। पोष्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो।

प्रहरीले केही दिन अघिमात्र हत्या संलग्न रहेको भन्दै दुई जनालाई पक्राउ गरिसकेको छ। अभियुक्तहरूले निर्मलाको हत्यामा आफ्नो संलग्नता रहेको बयान दिएको प्रहरीले बताएको छ। यद्यपि उनीहरूको डिएनए रिपोर्ट भने आउन बाँकी छ।

यी स्थानमा हुँदैछ दबाबमूलक कार्यक्रमहरू :