काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएको पहिलाले खेलमा त्रिभुवन आर्मी र फ्रेन्डस् क्लबले बराबरी खेलेका छन् ।


ADVERTISEMENT


सातदोबाटोस्थित एन्फा मैदानमा भएको छैटौँ चरणको अन्तिम दिनको खेलमा आज फ्रेण्ड्स क्लबले आर्मी क्लबले कुनैपनि गोल गर्नसकेनन् ।


ADVERTISEMENT

# # #


लिगको उपाधि दाबेदार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्ड्सविरुद्व जीत निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लिने मौका थियो तर त्यो हुन सकेन । पहिलो खेलमा न्यूरोड टिम (एनआरटी) सँग २–२ को बराबरीमा रोकिएपछि आर्मीले लगातार चार खेलमा जीत हात पारेको थियो।

आजै दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र मछिन्द्र क्लबबीच साढे दुई बजे हुँदैछ ।

आर्मी पाँच खेलबाट १३ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । फ्रेण्ड्स चार अङ्कसहित तालिकाको १० औँ स्थानमा छ । ब्रिगेड पाँच खेलबाट तीन अङ्क जोडेर १२औँ स्थानमा रहँदा मछिन्द्र दुई अङ्कका साथ तालिकाको १३ औँ स्थानमा छ ।