काठमाडौं । मंसिर पुसको जाडोमा पनि राजधानी काठमाडौंका सडक तथा बगैँचाहरुमा धेरै मानिस मर्निङवाकमा निस्किएका भेटिन्छन्।


ADVERTISEMENT


नियमित मर्निङवाक गर्नु स्वास्थ्यका लागि फाइदाजनक छ। तर, काठमाडौंमा वायु प्रदूषणको मात्रा वढी छ।


ADVERTISEMENT

# # #


अझ जाडोमा वातावरण धेरै सुख्खा भएर धुलो उड्ने गर्छ। तसर्थ, जाडोमा एकाविहानै वाकमा निस्कँदा पदूषित हावा खाइने हुन्छ। जुन स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरु बताउँछन्।

वायु प्रदूषणको कारण दम, ब्रोङकाइटिस, फोक्सो र मुटुसम्बन्धी रोग लाग्ने संभावना हुन्छ।
रक्तचाप र दमका बिरामीले बिहानै खाली पेट निस्कँदा झन् समस्या हुन्छ। कतिपय अबस्थामा कठ्यांग्रिने, हृदयघात हुने, रुघाखोकीले सताउने समस्या हुन्छ।