काठमाडौँ– नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


झापााको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयहरुमा बुधबार बैंकले एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई सेवा प्रारम्भ गरेको हो ।


ADVERTISEMENT

# # #


भन्सार विभागका महानिर्देशक तोयम रायाबाट एक समारोहकाबीच बैंकको जलेश्वर भन्सार राजश्व संकलन काउण्टर भएको छ । त्यसैगरी अन्य भन्सार कार्यालयका एक्स्टेन्सन काउण्टरहरु सम्बन्धित भन्सार कार्यालयका प्रमुखहरुबाट उद्घाटन भएको हो ।

बैंकको सेवा प्रारम्भ भएसंगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयात निर्यातकर्ताहरुले सरलरुपमा बैकिड। सेवाहरु प्राप्त गर्नेछन । साथै नेपाल सरकारको राजस्व संकलन प्रक्रियामा पनि यसबाट टेवा पुग्ने बिश्वास बैंकले लिएको छ ।