काठमाडौं –मंसिर २२ गते देखि काठमाडौंमा सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) मा सहभागी हुन आयरल्याण्डका क्रिकेटर केभिन ओव्रायन नेपाल आइपुगेका छन् ।


ADVERTISEMENT


उनी बुधबार दिउँसो काठमाडौं झरेका हुन् । उनी काठमाडौं किङ्ग्स ११ मा आवद्ध भएका छन्। उनले आफु नेपाल आएर प्रतियोगितामा सहभागि हुन पाएकोमा खुशी ब्यक्त गरेका छन्।


ADVERTISEMENT

# # #


काठमाडौँबाट युएईका कप्तान रोहन मुस्ताफा खेल्दैछन्  । युएईले ७ डिसेम्बरबाट एसीसी इमजिङ खेल्ने भएकाले मुस्ताफाले पहिलो खेल गुमाउन सक्नेछन्  । काठमाडौंमै आवद्ध भएका जिम्बाबेका अलराउन्डर सिकन्दर रजाले आफुले यो सिजनको इपीएल खेल्न नसक्ने बताएका थिए। सामाजिक संजाल ट्वीटरबाट रजाले इपीएल नखेल्ने बताएका थिए ।  उनको ठाउँमा काठमाडौँले अर्को खेलाडी चाँडै सार्वजनिक गर्ने बताएको छ ।

सोमपाल कामी मार्की खेलाडी रहेको काठमाडौँमा सागर पुन, नरेश बुढाऐर, जितेन्द्र सिंह मुखिया, अमरसिंह रौटेला, विक्रम भुषाल र अमित श्रेष्ठ रहेका छन् । यस्तै सिद्धान्त लोहनी, राजु रिजाल, पुरन विश्वकर्मा र नितेश थापाले पनि काठमाडौँबाटै खेल्दैछन् ।

काठमाडौंँले आफ्नो पहिलो खेल मंसिर २४ गते दीपेन्द्र ऐरीको चितवन राइनोजविरुद्ध खेल्दैछ ।

फोटो : काठमाडौँ किंग्सको फेसबुकबाट