लहान– चोहर्वा–सिरहा सडक खण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका–५ स्थित बलुवा चोकमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।


ADVERTISEMENT


स ४ प ४१० नं को मोटरसाइकल र स ७ प ६१८ नं को मोटरसाइकल एकापसमा ठोक्किदा स ४ प ४१० नं को मोटरसाइकल चालक धनुषाको सिहरा गाउँपालिका–७ भकुण्डे निवासी ३५ वर्षीय काशिन्दर महराको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा परी गम्भीर घाइते महराको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।