काठमाडौं । विश्वका करिब दुई सय देशका प्रतिनिधि सहभागी रहेको राष्ट्रसंघीय जलवायु सम्मेलन पोल्यान्डमा सुरु भएको छ ।


ADVERTISEMENT


भयावह वातावरणीय जोखिमले विश्वको ध्यानाकर्षण गरिरहेको अवस्थामा छलफलका लागि जम्मा भएका प्रतिनिधिहरूले जलवायु परिवर्तनका कारण निम्तिएको जोखिम नियन्त्रणका लागि एक भएर अघि बढ्न विश्व नेताहरूलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


जलवायु समस्याबारे छलफल हुने कोप–ट्वेन्टी फोर शिखर सम्मेलनले विश्वका नेताहरूले सन् २०१५ मा भएको जलवायुसम्बन्धी पेरिस सम्झौतालाई कार्यान्वयनमा लान पहल गर्ने अपेक्षा गरिएको छ ।

पेरिस सम्झौतामा जलवायु परिवर्तनका कारण विश्व तापमान वृद्धिमा देखिएको समस्यालाई रोक्न एकभएर लाग्ने सन्देश प्रवाह गरेको थियो ।

जलवायु परिवर्तनका कारण वातावरणमा देखिएको तापमान वृद्धिका कारण विनाशकारी डढेलो, उष्णवायु, आँधी, तूफान साथै सामुद्रिक सतहको वृद्धिजस्ता समस्या विकराल रूपमा देखिएका छन् ।(एजेन्सी)