नेपाली सुगम संगीतमा पछिल्लो समयका लोकप्रिय संगीतकार / गीतकार हुन् – बादल घिमिरे । उनको शब्द / संगीतमा एक सय भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । उनको आउँदै गरेको तेस्रो एल्बम ‘ पागलखाना’ भित्रको शीर्ष गीत रेकर्डिड् गर्ने क्रममा प्रिज्म स्टूडियो बबरमहलमा भेटिएका घिमिरेसंग परिवर्तन देवकोटाले गरेको छोटो कुराकानी यहाँ प्रस्तुत
गरिएको छ :


ADVERTISEMENT


  •  आजभोलि के गर्दै हुनुहुन्छ ?

– मेरो शब्द / संगीतमा तयार भइरहेको एल्बम ‘ पागलखाना’को गीतहरूको रेकर्डिड्को क्रममा छु । यसको अलावा अरू केही गीतहरूमा संगीत भर्ने र लेख्ने काम भइरहेको छ । म्युजिक भिडियो निर्माण पनि गर्दैछु ।


ADVERTISEMENT

# # #


 

  • निकै ब्यस्त हुनुहुन्छ कि क्या हो ?

– म अल्छी छु । वास्तवमा अल्छिको महाराज नै हुँ । अल्छी नगरी काम गर्यो भने त खाना खाने समेत फुर्सद हुँदैन । तर जिन्दगीलाई यति धेरै दु:ख दिन पनि चाहन्न । २/४ दिन काम गर्छु अनि २/४ दिन बेरोजगारजस्तो हल्लिएर बिताउँछु ।

  • तपाईको शब्द / संगीत र अभिनय समेत रहेको नरेश पातलीको गीत ‘ गर्लफ्रेण्ड ‘ फ्लप भएको हो ?

हा .. हा … फ्लप मात्र होइन हजुर , सुपर फ्लप नै भएको हो । वास्तवमा भन्ने हो भने म आँफै फ्लप गीतकार / संगीतकार हुँ । नरेश पातलीसंगको काम मेरो अभ्यास मात्र थियो । अभ्यास गर्ने क्रममा एकैचोटी हिट होला भन्ने आशा गर्न पनि त भएन नी !

  • तर तपाईका ‘ तिम्रो तस्बीर … ‘ , ‘ सानी सानी ..’ , ‘ चेतना भया … ‘ , ‘ तिम्रो यादको आगो … ‘ ‘ अलि अलि …’ लगायतका गीतहरू लोकप्रिय छन् । फ्लप चाँही कसरी ?

– गीत लोकप्रिय हुनु र हिट हुनु पनि केही फरक कुरा रहेछ । अहिले यूट्युबको जमाना छ । करोड क्लबमा प्रवेश नगरेका गीतहरूलाई फ्लप मानिन थालिएको छ । निकै खर्च गरेर भिडियो नबनाए अहिले जति सुकै राम्रो गीत पनि अभागी हुन्छ । हेभी प्रमोशन नगरे दर्शक स्रोताबीचमा पुग्नै सक्दैन ।

  •  संगीतमा कत्तिको पैसा छ ?

– प्रोफेसनल रूपमा काम गर्न सकियो भने संगीत क्षेत्रमा राम्रो आम्दानी हुन्छ । म भने पैसा छोडेर नामको पछाडी लागेँ । म अल्ली मनमौजी छु । फरक तरिकाले जिन्दगी कटोस् भन्ने चाहन्छु । पैसा भन्दा परिचय निकै माथिको कुरा हो । संगीतकर्मीहरू पैसा भन्दा परिचय चाहन्छन् , म पनि त्यही फाइलमभित्र पर्छु ।

  • गायक / संगीतकारहरूको पछि केटीहरू खुब लाग्छन् भन्ने सुनिन्छ नि ?

– हा हा हा .. यो विषयमा भने म अल्लि कमजोर छु । आफ्नो रूप पनि छैन , धन पनि छैन , कसरी लागुन् पछि ? ‘ अहिले त माया पनि डिजिटल भयो – यूज एण्ड थ्रो ! म कसैको यूज एण्ड थ्रो बन्न चाहन्न । म मायाको स्कूलमा नर्सरीको विद्यार्थी हूँ । मैले अहिलेसम्म कसैबाट साँचो मायाको आभास नै पाएको छैन ।

  • प्रेमिका नभएको मान्छेले ‘ मायाको रोग लाग्यो मलाई मायाको रोग लाग्यो …. ‘ यो गीत कसरी लेख्नुभो त ?

– म संगीतसंगको गहिरो प्रेममा छु । यसैको असर होला यो गीत । खासमा म त्यस्तो विशेष खालको गीतकार नै हैन । दिमाखमा जे आउँछ त्यसैलाई बहुला पाराले लेखिदिन्छु ।

  •  संगीत क्षेत्रमा लागेर अहिलेसम्म के पाउनुभो ? के गुमाउनुभो ?

– बादल घिमिरे पाएँ । सुरेन्द्र घिमिरे ( मेरो नागरिकताको नाम ) गुमाएँ । यत्ति हो हा हा हा … !

  •  समयका लागि धन्यवाद !
    – तपाईलाई पनि धन्यवाद !

https://www.youtube.com/watch?v=Y3HsnNg1jw4