काठमाडौँ– पर्यटन क्षेत्रमा क्रियाशील तीन मजदुर यूनियनले पदयात्रा क्षेत्रमा कार्यरत मजदुरको सुविधा बढाउनुपर्ने माग गर्दै यही ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) सचिवालयमा लगाएको ताला खोलिएको छ ।


ADVERTISEMENT


टान पदाधिकारीसहित सरोकारवाला व्यवसायी र मजदुर युनियनबीचको वार्ताले माग सम्बोधन गर्ने सहमतिपछि बिहिबार तालाबन्दी खोलिएको हो । पर्यटन क्षेत्रमा क्रियाशील तीन मजदुर यूनियनले पदयात्रा क्षेत्रमा कार्यरत मजदुरहरुको सुविधा बढाउनुपर्ने माग गर्दै यही मङ्सिर १० गतेदेखि तालाबन्दी गरेका थिए ।


ADVERTISEMENT

# # #


दुई दिनअघि टान कार्यसमितिको आकस्मिक बैठकले अध्यक्ष नवराज दाहालको अध्यक्षमा वार्ता समिति गठन गरी समस्याको समाधान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको थियो । टानका अध्यक्षलगायत पदाधिकारी, ट्रेड यूनियनका प्रतिनिधि, नेपाल पर्यटन बोर्डका पूर्वबोर्ड सदस्यद्वय घनेन्द्र श्रेष्ठ र राजेन्द्र सापकोटालगायत अन्य सङ्घ संस्थाका प्रतिनिधिबीच वार्ता भई मजदुरका मागलाई सम्बोधन गरिएको टानले आज विज्ञप्तिमार्फत जनाएको छ ।

टानका अध्यक्ष नवराज दाहालले मजदुर यूनियन र टानबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ र प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्दै इजाजत प्राप्त ट्रेकिंग कम्पनीमार्फत अनिवार्य गाइड वा सहयोगी लिएर जाने व्यवस्था सिघ्र कार्यान्वयनमा ल्याउन आग्रह गरे । यस्तै टान सचिवालयको दैनिक प्रशासनिक कार्य एवं पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)सम्बन्धी कार्यसमेत आजदेखि पूर्ण रुपमा सञ्चालन गरिएको छ ।