काठमाडौं । अभिनेता रजनीकान्त र अक्षय कुमार अभिनित फिल्म २.० आज बिहीबारदेखि प्रदर्शनमा आएको छ ।


ADVERTISEMENT


यो फिल्म प्रदर्शन भएको पहिलो दिनमै सामाजिक सञ्जालमा एक खालको तहल्का मच्चिएको छ । रिलिजको पहिलो दिनमै सामाजिक सञ्जालमा फ्यानहरुले यस फिल्मको खुलेर प्रशंसा गरिरहेका छन् । साथै सामाजिक सञ्जालमा केही भिडियोहरु पनि सार्वजनिक भएका छन् ।


ADVERTISEMENT

# # #


यसबाट रजनीकान्तका फ्यानहरुमा उनको क्रेज कति धेरै छ भन्ने कुरा थाहा पाउन सकिन्छ । यति सम्म कि सिनेमाहलमा फिल्म सुरु भएको केही समयमा रजनीकान्तको पहिलो झलक देखिँदा फ्यानहरु यति धेरै उत्साहित भएका छन्, जसका कारण चलिरहेको फिल्मलाई केही समयको लागि रोकिएको छ ।

https://twitter.com/RajiniFansTeam/status/1067984109127888896

 

साउथका सुपरस्टार रजनीकान्तलाई त्यहाँ भगवानको रुपमा पूजा गरिन्छ । यस पटक पनि रजनीकान्तको पूजा गरिएको र उनको तस्विरलाई दूधले नुहाएका धेरै तस्बिर र भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

फिल्म रिलिजको पहिलो दिनमै दर्शकको प्रशंसा मात्रै नभई फिल्म समीक्षकहरुकोसमेत वाहवाही पाइरहेको छ । एकातिर सामाजिक सञ्जालमा दर्शकहरुले यस फिल्मको प्रशंसा गरिरहेका छन् भने भारतका फिल्म समीक्षक तरण आदर्शले यस फिल्मलाई ५ स्टारको रेटिङ गरेका छन् ।

 

फिल्म २.० सन् २०१० मा रिलिज भएको फिल्म ‘रोबोट’ को दोस्रो भाग हो । फिल्ममा मुख्य अभिनेता रजनीकान्तका साथै अभिनेता अक्षय कुमार नकारात्मक भूमिकामा देखिएका छन् ।

५१४ करोड भारतीय रुपैयाँमा बनेको यो फिल्मको निर्देशन शंकरले गरेका हुन् भने यसमा अभिनेत्री एमी ज्याक्सनको पनि प्रमुख भूमिका रहेको छ ।