काठमाडौं । बुधबार केही ठाउँमा हिउँदे वर्षा हुने मौसमविद्को अनुमान छ । पश्चिमी वायुको प्रभावले बुधबार केही ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका हुन् ।


ADVERTISEMENT


मौसमविद् वरुण पौडेलका अनुसार विशेषरी मध्य र पश्चिमी पहाडी भूभागको एकदुई ठाउँमा हल्का पानी पर्ने संभावना छ । तर ठूलो पानी पर्ने वा झरीको संभावना भने छैन ।


ADVERTISEMENT

# # #


यस्तै बुधबार पश्चिमी हिमाली भेगमा हिमपात हुनेछ । मध्य र पूर्वको मौसम भने आशिंक बदली हुनेछ । अबको तीन दिन पश्चिमी वायुको प्रभाव रहने भएकाले मौसम पूर्ण रुपमा खुल्ने संभावना भने कम रहेको मौसमविद् वरुण पौडेलले बताए।