काठमाडौं । नेपाली औषधि बजारमा नयाँ-नयाँ औषधि उत्पादन गर्दै आइरहेको कम्पनी म्याग्नस फर्माले मधुमेहका बिरामीका लागि नयाँ औषधि बजारमा ल्याएको छ।


ADVERTISEMENT


म्याग्नसले विश्वव्यापी रुपमा नयाँ तथा अत्यन्तै प्रभावकारी मानिएको इम्पाग्लिफ्लोजिन (Empagliflozin) नामक मधुमेहको औषधि बजारमा ल्याएको छ। म्याग्नसले औषधिको ब्रान्ड नेम भने ‘ग्लिाफज’ (Glifaz) राखेको छ।


ADVERTISEMENT

# # #


सामान्य अर्थमा, रगतमा चिनीको मात्रा सामान्यभन्दा अधिक हुनुलाई चिनीरोग या मधुमेह भनिन्छ। मधुमेह भएका व्यक्तिहरुमा सामान्यतया बढी तिर्खा लाग्ने, छिनछिनमा पिसाब लागिरहने, अत्यन्त थकान महसुस हुने र क्रमशस् शरीरको वजन घट्दै जाने हुन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा अत्यधिक मोटोपन र निस्क्रिय जीवनशैली मधुमेहको प्रमुख कारण हो। नेपालमा मधुमेह सम्बन्धी आधिकारिक तथ्यांक नभए पनि सन् २०१६ मा जारी गरिएको डायबेटिक प्रोफाइलका अनुसार ९ दशमलब १ प्रतिशत नेपालीमा मधुमेह देखिएको छ।

म्याग्नसका बजार प्रबन्धक सुधिर प्रकाश मास्केका अनुसार इम्पाग्लिफ्लोजिन संसारभर नै मधुमेहका बिरामीका लागि अत्यन्तै प्रभावकारी मानिएको औषधि हो। अरु प्रायजसो मधुमेहका औषधिले प्याङक्रियाजमा गएर काम गर्ने र इन्सुलिनको मात्रा वा प्रभावकारीता बढाउने काम गर्दछ। तर, ग्लिफाजले भने मिर्गौलामा हुने ग्लुकोजको मात्रा (Reabsorb)लाई घटाई शरीरमा भएको अतिरिक्त ग्लुकोजलाई हाम्रो पिसाबको मार्फत बाहिर पठाइ मधुमेहको सफल उपचार गर्ने गर्दछ।

विश्वभर राम्रो बजार तथा उत्पादन भए पनि नेपालको सन्दर्भमा भने इम्पाग्लिफ्लोजिनको लागि मधुमेहका बिरामीले आयातित ब्रान्डमै निर्भर रहनुपरेको थियो। आयातित औषधि महँगो र सर्वशुलभ पनि थिएन।

म्याग्नसले बाहिरको ब्रान्डभन्दा झन्डै आधा सस्तो मुल्यमा ग्लिफाजलाई बजारमा ल्याएको मास्केले जानकारी दिए।

उनका अनुसार आयातित ब्रान्डको १० एमजीको ट्याब्लेटलाई बिरामीले ७५ रुपैयाँ तिर्नु परेको छ। तर, म्याग्नसले ग्लिफाज १० एमजीको ट्याब्लेटलाई ४५ रुपैयाँमा उपलब्ध गराउने छ।

‘हामिले विश्व बजारमा बिक्रि हुने गुणस्तरकै औषधि सस्तोमा उत्पादन गरेका छौं। यसले गर्दा बिरामीलाई औषधि खरिद गर्ने आर्थिक बोझ पनि घट्ने छ’ उनले भने।

ग्लिफाज हाल ५ र १० एमजीमा बजारमा उपलब्ध छ।

छाटो समयमा सृजनशिलता र नविन कार्यका कारण स्वास्थ्यकर्मीका माझ सफल म्याग्नस्ले यसअघि पहिलो पटक मष्तिस्कघातका बिरामीका लागि दिइने सिटीकोलिन औषधिलाई ‘ब्रानटोन’ नामको ब्राण्डमा, छारे रोगको अत्यावश्यकऔषधि लेभेटाम ब्रान्डमा ‘लेभिटेरासिटाम’ र लेमोजिन ब्रान्डमा ‘लेमोट्रिजिन’ नामको र मधुमेहकै अर्को औषधि ग्लिप्टिन बजारमा ल्याएको थियो।