धादिङ । श्रीमानको मृत्युपछि श्रीमतीले रातो लगाउन नहुने मान्यता हाम्रो समाजमा छ ।


ADVERTISEMENT


तर, धादिङको थाक्रे गाउँपालिकाका एकल महिलाले यो रुढिवादी संस्कारलाई तोड्दै सामुहिक रुपमा रातो टीका र लुगा लगाएका छन् ।


ADVERTISEMENT

# # #


श्रीमानको निधनपछि सेतो मात्रै लगाएर बस्नुपर्ने परम्पराका कारण अपहेलित हुनु परेकाले सबै महिला एक ठाउँमा भेला भएर रातो लगाइएको स्थानीय एक महिला गोमा तामाङले बताईन् ।

समाजको नकारत्मक सोच हटाउन एकल महिला एक भएर अग्रसर हुनु जरुरी छ, उनले भनिन्, श्रीमानलाई गुमाउनुपर्दाको पीडा बिर्साउन र समाजमा सम्मानपुर्वक बाँच्न हामीहरु रातो पहिरनमा सजिएका छौँ ।

श्रीमानको मृत्युपश्चात् चुरापोते, सिन्दुर, टीका र रातो कपडा लगाुनु हुन्न भन्ने कुप्रचलनविरुद्ध यहाँका महिला जुर्मराएका छन् ।