काठमाडौं । जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छ ।


ADVERTISEMENT


समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा समूह एच मा रहेको म्यानचेस्टर युनाइटेडले योङ्ग ब्वाइजमाथि संघर्षपूर्ण जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो ।


ADVERTISEMENT

# # #


म्यानचेस्टर युनाइटेडको जितमा इन्जुरी समयका माहुआन फेलाइनीले गरेको गोल निर्णायक बन्यो ।

जितले म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा पुग्ने पक्का थियो । तर घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले प्रभावकारी प्रदर्शन गर्न सकेन र गोलका लागि इन्जुरी समयसम्म कुर्नु परेको हो । इन्जुरी समयको पहिलो मिनेटमा फेलाइनीले गरेको गोलकै भरमा उसले जित निकालेको हो ।

यो सिजन म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा राम्रो गर्न सकेको छैन । उसले युरोपेली प्रतिस्पर्धामा घरेलु मैदानमा यो सिजन पहिलो गोल गरेको छ ।

फेलाइनीको गोलको सेलिब्रेसन प्रशिक्षक जोसे मोरिन्होले उत्तेजक रुपमा गरे । उनले गोलको सेलिब्रेसनको क्रममा पानीका बोतल मैदानमा हुर्र्‍याए ।

म्यानचेस्टर युनाइटेडको पाँच खेलबाट १० अंक भएको छ र यो समूहबाट उसहित युभेन्टस अघिल्लो चरण पुग्ने पक्का भएको छ ।