काठमाडौं । सरकारी अनुदानको पहिलो किस्ता लिएर पनि घर नबनाउने भूकम्पपीडितले अनुदान लिएको रकम फिर्ता गर्नुपर्ने भएको छ ।


ADVERTISEMENT


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घर नबनाउनेलाई तीन महिनाभित्र निर्माण सुरु गर्न वा पैसा फिर्ता गर्न म्याद दिएको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओलीले घर बनाएर बसेका वास्तविक पीडितप्रति उदार हुन र घरको अनुदान नरोक्ने निर्देशन दिएसँगै प्राधिकरणले घर नबनाउने पीडितको सूची उतार्न लागेको हो ।

निजी आवास निर्माण यसै वर्षभित्र सम्पन्न गर्ने योजना अनुरुप यो योजना ल्याइएको प्राधिकरणले जनाएको छ ।