काठमाडौं । एसियाली विकास बैंकले नेपाल सरकारलाई दुईओटा परियोजना कार्यान्वयन गर्न करिब रु १६ अर्ब ९२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ ।


ADVERTISEMENT


बैंकले दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक)अन्तर्गत्को सहरी खानेपानी आपूर्ति र सरसफाइ परियोजनाका लागि १३ करोड अमेरिकी डलर र ऊर्जा प्रणाली विस्तार परियोजनाका लागि दुई करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको हो ।


ADVERTISEMENT

# # #


विकास सहायतासम्बन्धी समझदारीपत्रमा सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभ र अर्थसचिव डा. राजन खनालले हस्ताक्षर गरे ।

साकेस सहरी खानेपानी तथा सरसफाइ परियोजनाअन्तर्गत् २० ओटा नगरपालिकामा खानेपानी तथा सरसफाइसम्बन्धी पूर्वाधर सुधार गर्ने र खानेपानी सरसफाइ क्षेत्रमा काम गर्ने संस्था तथा समुदायको क्षमता अभिवृद्धि गरिनेछ ।

साकेस ऊर्जा प्रणाली विस्तार परियोजनाअन्तर्गत् ऊर्जा प्रसारण क्षमता अभिवृद्धि, वितरण प्रणालीको सुधार, केन्द्रीय प्रसारणलाइन नपुगेका क्षेत्रमा मिनि ग्रीडमा आधारित नवीकणीय ऊर्जा प्रणालीको अभिवृद्धि, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको क्षमता विकास गरिनेछ ।

नेपालको पूर्वाधारलगायत आर्थिक–सामाजिक क्षेत्रको विकासका निम्ति बैंकले विगतदेखि गरिरहेको सहयोगको यो निरन्तरता हो ।