काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले निर्मला पन्तको परिवारलाई भेटेका छन् । सोमबार अपरान्ह त्रिवि शिक्षण अस्पताल पुगेर डा. भट्टराईले उनीहरुलाई भेटेका हुन् ।


ADVERTISEMENT


छोरी निर्मलाको बलात्कारपछि हत्या भएपछि न्याय माग्दै धर्नामा बसेका निर्मलाका बुबाको मानसिक सन्तुलन गुमेपछि उनी अहिले त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । संयोजक भट्टराईले बिरामी यज्ञराज पन्तको स्वास्थ्य अवस्थाबारे बुझेपछि निर्मलाकी आमालाई सम्झाएका थिए ।


ADVERTISEMENT

# # #


उनले आफुहरुको सक्दो सहयोग रहने समेत प्रबिद्धता जनाएका थिए । डा. भट्टराईले अन्य केही समस्या भए पनि आफुहरुले सहयोग गर्ने बचन दिएका छन् । बाबुरामसँगको कुराकानीका क्रममा निर्मलाकी आमाले छोरीको न्याय त राज्यले दिनुनै पर्ने तर छोरीको पीडाकै बीचमा श्रीमानको समेत यो हालत भएको भन्दै गुनासो पोखेकी थिइन् ।