बीबीसी– आफ्ना दुई खुट्टा माथि उठाएर अनुहारमा अचम्मको भाव ल्याएको एक लोखर्केको यो तस्बिरले २०१८ को ‘कमेडी वाइल्ड लाई फोटोग्राफी’ अवार्ड मिलेको छ । यसलाई फ्लोरिडाका फोटो ग्राफर मेरी मैकगोवनले आफ्नो क्यामेरामा कैद गरेकी हुन् । यस तस्बिरको शीर्षक ‘कट इन एक्ट’ अर्थात हरकत गरिरहेको बेला पक्रिएको राखिएको छ ।


ADVERTISEMENT


हामी तपाईलाई यस्ता जनावरका हर्कतको तस्बिर देखाइरेका छौँ जसलाई ‘कमेडी वाइल्ड लाई फोटोग्राफी’ मिलेको छ वा जसलाई एकदमै तारिफ गरिएका छ ।


ADVERTISEMENT

# # #


 

शेन कीना यस तस्बिरका लागि ‘क्रियचर अफ दि एयर’ अवार्डले सम्मानित भएका छन् । तस्बिरमा एक लाटोकोसेरो लकामारी खेलिरहेको जस्तो देखिन्छ ।

तान्या होपरमेनलाई यो हाँसिरहेको ह्वेलको फोटो खिचे बाफत पुरस्कार दिइएको छ । उनले खिचेको यो तस्बिरले अण्डर सी (समुद्रमुनि) क्याटेगोरीको पुरस्कार पाएको छ ।

भारतको पञ्जाबस्थित कपूरथलामा खिचिएको यो तस्बिरलाई अर्शदीप सिंहले आफ्नो क्यामेरामा कैद गरेका हुन् । उनले यसका लागि जुनियर क्याटेगोरीमा अवार्ड पाएका छन् ।

यो तस्बिरलाई भाल्टेरी मल्लाकिनले खिचेका हुन् । यस तस्बिरलाई ‘अमेजिङ इन्टरनेट पोर्टफोलियो’ पुरस्कार दिइएको छ ।

ती तस्बिर जसलाई खुब मन पराइयो

तस्बिर देखेर यस्तो लागिरहेको छ मानौँ यो गैडासंग मयूरजस्ता प्वाँख छन् । यो सन्दर फोटो पश्चिम बंगालको गोरुमारा राष्ट्रिय निकुञ्जमा खिचिएको हो । यो तस्बिर भारतका कलोल मुखर्जीले खिचेका हुन् ।

लाजले मुख छोप्दै गरेको जस्तो देखिने यो भालूको तस्बिर डेनिएल डीएमोले अलास्कामा खिचेका हुन् ।

स्वालबार्डमा फोटोग्राफी सिकिरहेको यो हिउँ भालूको तस्बिरलाई रोई गलित्जले खिचेका हुन् ।

स्वीडेनको सुनौलो रंगको लोखर्केलाई गीर्ट वेगेनले आफ्नो क्यामेरामा कैद गरेका हुन् ।

एक अर्काको अंगालोमा बाँधिएका यी दुई छेपारा झगडा गरिरहेका छन्, वा प्यार गरिरहेका छन्, यकिन गर्न मुस्किल छ । तर सर्गे सब्भीले श्रीलंकामा यो क्षणलाई राम्रोसंग कैद गरेका छन् ।

रोमान्टिक युद्ध गरिरहेका यी दुई बाँदरको क्षणलाई सर्गे सब्भीले नै थाइल्याण्डको केङ क्राचन राष्ट्रिय निकुञ्जमा खिचेका हुन् ।