काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा थप प्रभावकारी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।


ADVERTISEMENT


सरकारको नीति तथा कार्यक्रम र बजेटको प्रथम चौमासिक समीक्षाको शनिबार अन्तिम दिन प्रधानमन्त्री ओलीले विगतका त्रुटि सच्याएर प्रभावकारी काम गर्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


गत बिहीबारदेखि सिंहदरबारमा सुरु भएको समीक्षा बैठकअन्तर्गत् शनिबार ८ ओटा मन्त्रालयको समीक्षा गरिएको थियो ।

शनिबार गृह, परराष्ट्र, रक्षा, अर्थ, स्वास्थ्य तथा जनसंख्या, कानुन, न्याय तथा संसदीय मामिला, संघीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यप्रगतिबारे समीक्षा गरिएको थियो ।

समीक्षा बैठकबारे सन्चारकर्मीहरुलाई जानकारी दिँदै अर्थमन्त्री डा. युवराज खतिवडाले प्रक्रिया पुर्‍याउनमै लामो समय अल्झिएकाले अब कामलाई नतिजामुखी बनाउने निर्देशन भएको बताए ।

सरकारले एक–अर्को मन्त्रालयसँग बाझिएका कार्यक्रमलाई छिटो मिलाउने मन्त्री खतिवडाले बताए ।

बजेट अपुग भएका आयोजनालाई रकमान्तर गरेर भएपनि समयमै सम्पन्न गरिने उनको भनाइ थियो ।

दोस्रो चौमासिकमा अहिले देखिएको कमीलाई पूरा गर्नेगरी निर्णय कार्यान्वयनमा लैजान प्रधानमन्त्री ओलीले निर्देशन दिएको मन्त्री खतिवडाले जानकारी दिए ।

सरकारको कार्यशैली सुस्त भएको आरोप लाग्दै गएपछि प्रधानमन्त्री ओलीले अब हरेक महिना मन्त्रालयको कार्यप्रगति विवरण आफैंले हेर्ने उनको सचिवालयले जनाएको छ ।