काठमाडौं । काठमाडौंको मित्रनगर–२६ मा मकलमा आगो बालेर सुत्दा गएराति एउटा परिवारै बेहोस भएको छ । एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा धादिङ घर भइ मित्रनगर बस्दै आएकी २६ वर्षीय संगिता राना मगर छिन् । उनका श्रीमान् २३ वर्षीया राम दर्लामी र ४ महिने बच्चा बेहोस छन् ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीका अनुसार बिहान ३ बजे बेहोसी अवस्थामा होस खुलेपछि श्रीमान्ले नजिकै बस्ने दाजुलाई खबर गरेका थिए । र, उनले अर्धचेत अवस्थामा ३ जनालाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याए ।

तर, उपचारका क्रममा श्रीमतीको मृत्यु भएको हो । डीएसपी बोगटी विगतका वर्षहरुमा पनि जाडो मौसममा यस्ता घटनाहरु सार्वजनिक हुने गरेको बताउँछन् ।

उनले सर्वसाधारणलार्इ सचेत हुन अपिल गर्दै भने, ‘आम सर्वसाधारणले जाडोको समयमा मकल बाल्दा सचेत बन्नु होला । झ्याल, ढोका सबै बन्द गरेर सुत्दा अक्सिन अभावका कारण निसासिँदा यस्ता घटना हुने गरेको छन् ।’