काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ ।


ADVERTISEMENT


ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा विभागीय टिम नेपाल आर्मी क्लबले अर्का विभागीय टिम नेपाल पुलिस क्लबसँग आज दिउँसो दुई बजेर ३० मिनेटमा प्रतिस्पर्धा गर्दैछ । यी दुई टिमबीचको खेललाई प्रतिष्ठाको लडाईको रुपमा पनि लिने गरिन्छ ।


ADVERTISEMENT

# # #


त्यसो त आर्मी टिममा स्टार खेलाडीले भरिएको छ । कप्तान भरत खवास, नवयुग श्रेष्ठ, विकेश कुथु, जर्ज प्रिन्स कार्की, सुमन अर्याल जस्ता राष्ट्रिय टिमका नियमित खेलाडीले आर्मीमा छ । त्यसकारण पनि आर्मी आजको खेलमा स्पष्ट जितको खोजीमा हुनेछ ।

यता, पुलिस भने सन्तुलित टिम हो । युवा जोस र टिम वर्क पुलिसमा पाहिन्छ । प्रशिक्षक अनन्त थापाको हतियार भनेको पनि टिम वर्क नै हो । त्यसो त, तेज तामाङ र सुमन लामा निकै लयमा छन् । दुवै टिम स्पष्ट जितको खोजीमा हुनेछन् ।

त्यस्तै, एन्फा कम्प्लेक्समा आज नै पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले विभागीय टिम एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । ब्रिगेड ब्वाइजले अहिलेसम्म २ खेलमा जित हात पार्न सकेको छैन । यता, एपीएफले भने जारी लिगमा २ खेलमध्ये १ खेलमा जित र १ खेलमा बराबरी खेलेको छ । आजको खेलमा पनि जित हात पार्दै ३ अंक खोस्ने लक्ष्यमा छ ।

त्यस्तै, आज नै हलचोकस्थित एपीएफको खेल मैदानमा मछिन्द्र क्लबले संकटा क्लबसँग दिउँसो दुई बजेर ३० मिनेटमा प्रतिस्पर्धा गर्दैछ । मछिन्द्र क्लबले अहिलेसम्म २ खेलमा दुबै खेलमा बराबरी खेलेको छ । यता, संकटाले भने दुबै खेलमा जित हात पार्दै ६ अंक बनाएको छ ।