काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ आधुनिक गीत ‘तिम्रो मनको नगरीमा’ को म्‍युजिक भिडियो सार्वजनिक भएको छ। खरेलको उक्‍न आधुनिक गीतको म्‍युजिक भिडियो म्युजिक नेपालले ल्याएको हो।


ADVERTISEMENT


खरेलको आधुनिक गीतमा प्रेम र पिडाभाव व्‍यक्त गरिएको छ। गीतमा दिपक चन्द ठकुरीको शब्द रचना रहेको छ भने किरण बम ठकुरीको संगीत रहेको छ। साथै गीतको भिडियो म्युजिकमा मुक्ति गौतम र सुधा देवकोटाले दमदार अभिनय प्रस्तुत गरेका छन्।


ADVERTISEMENT

# # #


प्रियसी म्युजिकको निर्माण रहेको गीतको भिडियोलाई उक्तम हुमागाइले छायांकन गरेका छन् भने अविनास डिसीको सम्पादन छ।

खरेलको गीतको म्‍युजिक भिडियोलाई बबिता श्रेष्ठले निर्देशन गरेकी छिन्।

पछिल्लो समय गायक प्रमोद खरेल चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा निर्णायकका रुपमा रहेका छन्।

https://youtu.be/4yWW4pyl-kw