काठमाडौं– यही मंसिर २२ गते चीनको सान्यामा हुने ‘मिस वर्ल्ड–२०१८’मा सहभागिता जनाउन चीन पुगेकी ‘मिस नेपाल २०१८’ श्रृखंला खतिवडाको चर्चा चुलिँदै गएको छ । उक्त प्रतियोगिताका विभिन्न चरणमध्ये अहिले भोटिङ भइरहेको छ । उनी अहिले भोटिङमा सबैभन्दा अगाडी रहेकी छन् ।


ADVERTISEMENT


यस्तै सामाजिक सञ्जालमा पनि उनी सर्वाधिक चर्चामा रहेकी छन् । उनको आधिकारिक युट्युब च्यानलमा उनले आफ्नो परिचय भिडियोमा सार्वजनिक गरेपछि श्रृङ्खलाको चर्चा झन् चुलिँदै गएको हो । उक्त भिडियोलाई अहिलेसम्म करिब १३ लाखले हेरिसकेका छन् भने १२ हजार जनाले कमेन्ट गरेका छन् ।


ADVERTISEMENT

# # #


उनलाई अन्य विभिन्न युट्युव च्यानलले तयार पारेका मिस वर्ल्ड २०१८ का प्रबल दाबेदारमा श्रृङ्खला पहिलो रोजाइमा परेकी छन् । ‘गो प्याजेन्ट’ नामक एक युट्युब च्यानलले भने श्रृंखला खतिवडालाई मिस वर्ल्ड–२०१८को मुख्य दाबेदार सुन्दरीको एक नम्बर सूचीमा राखेको छ । उक्त युट्युब च्यानलले श्रृंखलाले ताज जित्न सक्ने कारणमा राजनीतिक पृष्ठभूमि, आर्किटेक्ट इन्जिनियरिङकी विद्यार्थी हुनुका साथै विभिन्न सामाजिक संघसंस्थामा कार्यरत हुनुलाई उल्लेख गरेको छ ।

यस्तै, अर्को युनिभर्स नामक युट्युब च्यानलले पनि उत्कृष्ट ५ को सूची जारी गर्दै श्रृंखलालाई दुई नम्बरमा राखेको छ । यो च्यानलले पनि श्रृंखलालाई सम्भावित मिस वर्ल्डको दाबेदार मान्नुको कारण सामाजिक कार्यमा उनको सक्रियता नै हो । यस्तै, यसले श्रृंखलाको सुन्दरताको पनि खुलेर प्रशंसा गरेको छ ।

यो अध्ययनले दुई नम्बरमा प्रुटोरिकाकी सुन्दरी डायना मार्टिनेजलाई राखेको छ । तर, यो च्यानलले यो भिडियो अक्टोबर २ मा अपलोड गरेको हो ।

 

यसरी गर्नुस् भोटिङ

सामाजिक सञ्जाल ‘मोभस्टार’मा गएर श्रृंखलाको तस्बिर तथा भिडियोमा लाइक, सेयर तथा कमेन्ट गरेका आधारमा भोट काउन्ट हुन्छ । यस्तै, फेसबुकमा गएर लाइक, कमेन्ट र सेयर गरेको खण्डमा पनि भोट काउन्ट हुने व्यवस्था मिलाइएको छ ।

विश्वका १२२ देशका सुन्दरीहरु प्रतियोगितामा सहभागी छन् ।

 

को हुन् श्रृङ्खला ?

हेटौँटामा जन्मिएकी श्रृङ्खलाको पृष्ठभूमी राजनीतिंग जोडिएको छ । उनी नेकपाका प्रतिनिधिसभा सांसद विरोध खतिवडाकी छोरी हुन् । पुल्चोक इञ्जििनियरिङ क्याम्पसबाट आर्किटेक्चर इञ्जिनियरिङ पास गरेकी उनले गत अप्रिलमा ‘मिस नेपाल–२०१८’ को उपाधि जितेकी थिइन् । त्यसपछि विभिन्न सामाजिक सेवामा पनि श्रृङ्खला सक्रिय हुँदै आएकी छन् ।

सँधैँ मिस वर्ल्डमा सहभागितामै सिमीत भएको नेपालले यो वर्ष भने केही गर्ने आशा नेपालीहरुमा पलाएको देखिन्छ ।