काठमाडौं । डिश मिडिया नेटवर्क लि.ले नेपाली समाजका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका साथै आपैmले प्रवर्धन गरेका उत्कृष्ट च्यानलहरु प्रशारण गरिरहेको छ ।


ADVERTISEMENT


डिशहोम आफैले प्रवर्धन गरेका च्यानलहरुमध्ये पनि रमाइलो टिभिले दर्शकहरुको मन जित्न सफल भएको छ ।


ADVERTISEMENT

# # #


रमाइलो टेलिभिजनमा हाल प्रशारण भइरहेका कार्यक्रमहरु जस्तै आनन्दी, जड्यौरी, लोक भाका, मेरो कथा, म्युजिक इभ, झुम्की, ग्रहफल जस्ता कार्यक्रमहरु दर्शकले मन पराएका छन् ।

रमाइलो टिभिका दर्शकहरुलाई अझ भरपुर मनोरञ्जन दिने उदेश्यले, नयाँ नयाँ कार्यक्रम तथा धारावाहिक टेलि श्रृंखलाहरु प्रशारणमा आउने भएका छन् ।

नारी समवेदनामा आधारित सामाजिक टेलिश्रृंखला “दृष्टी”मा भने नेपाली समाजमा महिलाले भोग्ने सुख दुःख का कथाहरु समेटिने छ ।

चर्चित निर्देशक ऋषि लामिछाने निर्देशित यस टेलि श्रृखंलामा सरिता लामिछाने, मिथिला शर्मा, कविता गेलाल र स्वयं निर्देशक ऋषि लामिछानेको मुख्य भुमिका रहेको छ । टेलि श्रृखंला “दृष्टी” प्रत्येक शुक्रवार साँझ ८ः ३० बजे रमाइलो टेलिभिजनमा प्रशारण हुनेछ ।

समाजमा घटेका अपराधिक सत्यघटनामा आधारित रहेर (सिआइबि फाइललाई आधार मानि) नाट्य रुपान्तरीत कार्यक्रम “अपराध”, तयार पारिएको छ । रानिबारी हत्याकाण्ड, बसन्तपुर एसिड आक्रमण जस्ता घटनाहरुको सम्पूर्ण विवरण सहित नाट्य रुपान्तरण गरिएको कार्यक्रम अपराध प्रत्येक शनिवार साँझ ८ः३० बजे रमाइलो टेलिभिजनमा प्रशारण हुनेछ ।

चर्चित हास्यँ कलाकारहरुको अभिनय रहेको “एकादेशको चुरीफूरी” र “लुछाचुँडी” लगायतका हाँस्य प्रधान टेलिश्रृंखलाहरुले दर्शकलाई पेट मिचि मिच हसाँउने छन् । “एकादेशको चुरीफूरी” प्रत्येक शुक्रवार साँझ ८ः०० बजे र “लुछाचुँडी” प्रत्येक शनिवार साँझ ८ः०० बजे रमाइलो टेलिभिजनमा प्रशारण हुने छन् ।

डिश मिडिया नेटवर्कले रमाइलो टेलिभिजनका अलावा नेपालकै पहिलो तथा एकमात्र खेलकुद च्यानल एक्शन स्पोर्टस्, नेपाली चलचित्रहरु प्रशारण हुने च्यालन प्लस मुभि, गीत संगीतका च्यानलहरु गुञ्जन, सिने हिट्स र बलिउड बिट्स, बाल बालिकाहरुका लागि जुनियर टिभि जस्ता च्यानलहरु संचालन गरिरहेको छ ।

यी च्यानलहरु डिशहोम डि.टि.एच र सिम टिभि डिजिटल केबल नेटवर्कमा प्रशारण भइरहेका छन् ।
त्यसैगरी निकट भविष्यमा मेघा धारावाहिक श्रृंखला, रियालिटी शो, लभ सिरिज, हरर र थ्रिलर सिरिज पनि निर्माण गरि प्रसारण गरिने रमाइलो टिभिले जनाएको छ ।