बीबीसी । अहिले सबैतिर स्थानीय पत्रपत्रिकाहरु पतन हुनुका पछाडि फेसबुकलाई जिम्मेवार ठहर्याइने गरिएको छ । तर हालै फेसबुकले यस्ता स्थानीय व्यवसायलाई पुनः सक्रिय बनाउन आर्थिक सहयोग प्रदान गर्ने बताएको छ । यसरी फेसबुकले बेलायतका स्थानीय समुदायमा संवाददाताहरुलाई नयाँ काम दिलाउनकै लागि विशेष प्रशिक्षणको व्यवस्था मिलाउने जनाएको हो । यस अन्तर्गत फेसबुक कम्पनीले स्थानीय पत्रिका समूहलाई ५७ लाख डलर प्रदान गर्ने भएको छ जसले सामुदायिक संचारकर्मीका लागि दुई वर्षे प्रशिक्षण लिन ८० जनालाई छनोट गर्ने बताइएको छ ।


ADVERTISEMENT


सो प्रशिक्षणलाई राष्ट्रिय काउन्सिल आफैँले सञ्चालन गर्ने बताएको छ । वास्तवमा फेसबुकले स्थानीय पत्रिका र बिटका संचारकर्मीहरु गुमाएका शहरमा स्थानीयबारे बढी रिपोर्टिङ गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कदम उठाएको बताएको छ । स्थानीय कम्पनीहरुले विज्ञापनको ठूलो हिस्सा फेसबुकलाई दिन थालेपछि पछिल्लो समय पत्रपत्रिकालाई जिवित रहन निकै कठिन भएको पाइएको छ । जस्तै गत वर्ष फेसबुकले बेलायतबाट मात्र १.२७ खर्ब पाउन्ड कमाइ गरेको जानकारी दिएको थियो भने यता सबैभन्दा ठूलो स्थानीय पत्रिका जानेस्टन प्रेसले चाहिँ देशभरका विज्ञापनबाट केबल १० करोड पाउन्ड मात्र कमाएको जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तोमा फेसबुकले ल्याएको यो नयाँ योजनाले पूर्वसंचारकर्मीहरुलाई पुनः उत्साहित गराउनेमा आफूहरु सकारात्मक रहेको स्थानीय पत्रिका समूहका प्रमुखले बताएका हुन् । अबको दुई वर्ष प्रशिक्षण लिने नयाँ कर्मचारीहरुले स्थानीय समुदायलाई राम्रोसँग बुझ्न सक्ने हुँदा यसपछि उनीहरु ठूलो समाचार एजेन्डाको मात्र हिस्सा नभएर समुदायका ती मानिसमा पनि केन्द्रित रहनेछन् जसको दैनिक जीवनले वास्तवमै स्थानीयमा ठूलो प्रभाव पार्न सक्छ । यसरी यो तरिका फेसबुक र स्थानीय पत्रिकाका व्यवसायी दुवैका लागि फाइदाजनक हुने बताइएको छ ।

फेसबुकले सधैँ मानिसहरु संचारका राम्रा सामग्रीमार्फत नजिक आउन् भन्ने चाहेको र पत्रिका समुहले पनि स्थानीय वासिन्दालाई सूचित राख्न चाहेको हुँदा दुवैको सहकार्यले स्थानीय पत्रकारिता बलियो बनाउन सकिने बताइएको हो । तर फेसबुकले यस्तो उल्लेख गरेपछि अझै स्थानीय संचारलाई फेसबुकसँग उत्तिकै खतरा रहेको बताइएको छ । यो वर्षको सुरुवातमा मात्र फेसबुकले न्युज फिडमा परिवर्तन ल्याउँदै समाचार र व्यवसायिक पोस्ट भन्दा पारिवार र साथीभाइका पोस्टलाई प्राथमिकता दिइने बताएको थियो । यस्तोमा अहिले यो योजनामा काम सुरु गरिएपनि क्षेत्रीय पत्रिका अझै घाटामै चलिरहनु पर्ने हुन्छ । त्यसैले फेसबुकले स्थानीय समुदायका खबरको बढी प्रचार गरेपनि नयाँ सामुदायिक संचारकर्मीहरुले आफ्ना समाचार विज्ञापनदातामाझ पुर्याउन नसक्दा यो तरिका बेकार हुन जानेछ ।