काठमाडौँ– नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैँकासुरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरी मंसीर ३ गतेका दिन सम्झौता भएको छ ।


ADVERTISEMENT


सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि।को पोलिसी बिक्री गरिनेछ ।


ADVERTISEMENT

# # #


सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक झाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।