काठमाडौँ– प्राइम कमर्सियल बैंक लिमिटेडले सभापोखरी गाँउपालिकामा शाखा कार्यालय सभापोखरीको शुभारम्भ गरेको छ ।


ADVERTISEMENT


स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आइतबार एक समारोहकाबिच बैंकका संचालक गजेन्द्र बिष्टले शाखा कार्यालय सभापोखरीको समुदघाटन गरेका छन् ।


ADVERTISEMENT

# # #


यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ६५ पुगेको छ । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दैआफ्नो सेवा दिन अग्रसर हुने जनाएको छ ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने छ ।