काठमाडौँ– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी बिरामी भएपछि अस्पताल भर्ना भएका छन् ।


ADVERTISEMENT


अत्यधिक छाति दुखेकाले बिहान ४ बजे डा केसी त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोर्यासिक विभागको सिसियुमा भर्ना भएका हुन्।


ADVERTISEMENT

# # #


केही जाँचहरूको रिपोर्ट आएको र केहीको आउन बाँकी रहेको अस्पतालले जनाएको छ । उनको उपचारमा डाक्टर अरुण सायमी र उनका टिम संलग्न छन्।

चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी १५ पटकसम्म अनसन बसिसकेका छन्