एजेन्सी – बलिउड फिल्म स्टार दीपिका पादुकोण र रणवीर सिंह अब औपचारिक रुपमा श्रीमान् श्रीमती भएका छन् । यी दुईले इटालीको कोमोमा कोन्कणी र सिन्धी रीति रिवाज अनुसार दुई दिन लगाएर विवाह गरेका हुन् ।


ADVERTISEMENT


१४ नोभेम्बरमा दीपिका पादुकोणको संस्कृति अनुसार कोन्कणी परम्परा अनुसार विवाह भएको हो भने १५ नोभेम्बरमा रणवीर सिंहको तर्फबाट सिन्धी रीति रिवाज अनुसार सात पटक घुमेर विवाह गरिएको हो । अर्थात् दुई अलग अलग रितिरिवाज अनुसार विवाह भएको हो ।


ADVERTISEMENT

# # #


दीपिकाको भावना अनुसार विवाहलाई प्राइभेट राख्न वा विवाहका तस्बिर लिक नहोस् भन्नका लागि विवाह समारोहमा फोन नलिन पाहुनालाई अपील गरिएको थियो । त्यस कारण विवाह भएको २४ घण्टापछि मात्रै उनीहरुको विवाहका तस्बिर सार्वजनिक भएका छन् ।

जसमा रणवीर दीपिकाको बन्धनमा बाँधिएको देखिन्छन् भने दीपिकाले औलामा इङ्जेनमेन्टको रिङ लगाएकी छन् । जसमा संस्कृतमा ‘सदा सौभाग्यवती भवः’ लेखिएको छ ।

तस्बिर : रणवीर सिंहको ट्वीटरबाट