काठमाडौँ– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको न्यायको माग गर्दै धर्नामा बसेका उनका बावुआमाको स्वास्थ्य समस्या देखिन थालेको छ ।


ADVERTISEMENT


निर्मलाका बावु यज्ञराज, आमाहरु दुर्गादेवी र लक्ष्मी तीनै जनाको रक्तचापमा कमी आएको बताइएको छ । छोरीको हत्यारालाई कारवाही गर्नुपर्ने लगायत ५ दिनयता अनिश्चितकालिन धर्नामा बसिरहेका यज्ञराज, दुर्गादेवी र लक्ष्मीको धर्नास्थलमै पुगेर चिकित्सक टोलीले स्वास्थ्य परिक्षण गरेको थियो ।


ADVERTISEMENT

# # #


बढ्दो चिसो र खानाको कमीले गर्दा स्वास्थ्य समस्या देखिएको स्वास्थ्य टोलीले बताएको छ । बिहीबार महाकाली अञ्चल अस्पतालका चिकित्सकको टोलीले धर्नास्थलमै पुगेर उनीहरुको स्वास्थ्य परिक्षण गरेको थियो ।

महाकाली अञ्चल अस्पतालका डा. किशोर कुमार बोहराले उनीहरुको स्वास्थ्य परिक्षणपछि यस्तो बताएका हुन् । चिसोकै कारण यज्ञराजको घाँटीमा समेत समस्या देखिएको डा. किशोर कुमारले बताएका छन् । सडक किनारमा रातभर धर्नामा बस्दा लामखुट्टे लगायत झिंगाको टोकाइले पनि भाइरल ज्वरो लगायत समस्या देखिएको हुनसक्ने चिकित्सकले बताएका छन् ।

यसबाहेक डिएनए परिक्षणका लागि थप ४ जनाको संकलन गरिएको रिपोर्ट आइसकेको छ । शुक्रबार मात्रै रिपोर्टको बारेमा जानकारी हुने एसपी कडायतले बताए । उनले प्रहरीले अन्य थुप्रैको समेत प्रहरीले डिएनए परिक्षण गर्ने तयारी गरिरहेको बताएका छन् । साथै आफूहरुले अनुसन्धान नछोडेको भन्दै आश्वासन दिएका छन् ।

निर्मलाको हत्यारा सार्वजनिक गर्न माग राखेर धर्नामा बसेका बावुआमाले भने न्याय नपाएसम्म धर्ना जारी राख्ने बताउँदै आएका छन् ।