काठमाडौँ– नेपाल प्रहरीका महानिरीक्षक आइजिपी सर्वेन्द्र खनालले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लागेर छाड्ने बताएका छन् ।


ADVERTISEMENT


काठमाडौंको गागलफेदीमा नवनिर्मित प्रहरी बिट भवनको उद्धघाटन कार्यक्रममा बोल्दै आइजिपी खनालले प्रहरीले धेरै तहबाट अनुसन्धान गरिरहेकाले दोषी पत्ता लागेर छाड्ने बताएका हुन्।


ADVERTISEMENT

# # #


‘अनुसन्धान निष्कर्षमा पुग्छ, अपराधी पत्ता लाग्छ त्यो अपराधमा संलग्न जो कोहीलाई पनि कारबाही हुन्छ,’ आइजिपी खनालले भने।

एक जना प्रहरीले गरेको काम कारबाही मूल्यांकन गरेर संगठनलाई दोष दिन नहुने खनालको भनाइ छ। ‘संगठनलाई बद्नाम गर्नेलाई कारबाही गर्न मैले खुट्टा कमाएको छैन्,’ खनालले भने।

पछिल्लो समय प्रहरी संगठनमाथि चारैतिरबाट प्रहार भइरहेको भन्दै खनालले असन्तुष्टि पनि जनाए।