एजेन्सी– तपाईले कार, बाइक, उद्योग वा स्वास्थ्य बीमा त सुन्नु भएकै होला । तर विवाहको बीमा कतै सुन्नु भएको छ ? यदि छैन भने थाहा पाउनु होस् एउटा विवाहको पनि बीमा गरिएको छ । हो, बलिउडका दुई फिल्मस्टार दीपिका पादुकोण र रणवीर सिंहले आफ्नो विवाहको बीमा गरेका छन् ।


ADVERTISEMENT


इटालीको लेक कोमोमा उनीहरुले बुधबार भएको विवाहको बीमा गरेका छन् । आउनुहोस् चर्चा गरौँ यो कस्तो खालको बीमा हो ?


ADVERTISEMENT

# # #


एक खबरका अनुसार दिल्लीको एक बीमा कम्पनी ओरिएन्टल इन्स्योरेस कम्पनीले यी दुईको विवाहको बीमा पोलिसी जारी गरेको छ । जुन मुम्बई कार्यालयबाट जारी गरिएको छ । यस पोलिसीमा विवाहका दुबै पक्ष सामेल हुनेछन् र यो मात्र पाँच दिनका लागि अर्थात १२ देखि १६ नोभेम्बरसम्म हुनेछ ।

यस बीमामा आगलागी, चोरी, विस्फोट, हवाई जहाजबाट कुनै नोक्सान, भूकम्प, पानी, बाढी, तूफानबाट भएको कुनै पनि किसिमको क्षतीलाई यसले पूर्ती गर्नेछ । तरपनि खबरका अनुसार ओरिएन्टल इन्स्योरेस कम्पनीका सहायक जनरल म्यानेजर अनिल श्रीवास्तवले बताएका छन्, ‘यो पूर्ण रुपमा विवाहको बीमा होइन । तर, विवाहमा प्रयोग हुने सरसामानको बीमा हो ।’