काठमाडौँ– प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् । ।


ADVERTISEMENT


भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार उनीहरु नियुक्त भएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषद्को बैठकले छिमेकी भारतलगायत केही मुलुकका लागि राजदूतको नाम सिफारिश गरेको बताइए पनि सरकारले औपचारिकरुपमा सार्वजनिक गरेको छैन ।