एजेन्सी– आफ्नै बुहारीद्वारा कैद भएकी एक ९५ वर्षीय सासुलाई दिल्ली महिला आयोग (डीसीडब्लू)ले शुक्रवार सकुशल उद्दार गरेको छ । बुहारीले सासुलाई घरमै कैद गरेको भन्दै आरोपी महिलाका पतिले उजुरी गरेका थिए । त्यसपछि आयोगको टोलीले ती महिलाको उद्दार गरेको हो ।


ADVERTISEMENT


तर, आमलाई पत्नीबाट छुटकारा दिलाउन ती पुरुषले भने फेरि कहिल्यै आमालाई उक्त घरमा नल्याउने भन्ने लिखित कागज गरेका छन् ।


ADVERTISEMENT

# # #


डीसीडब्लु हेल्पलाइनमा फोन गरेरती व्यक्तिले आफ्नी आमालाई पत्नी र उनका माइतीहरुले कैद गरेर यातना दिइरहेको बताएका थिए । ती व्यक्तिले यो पनि बताए कि उनकी आमा दिनरात ओच्छ्यानमै पल्टिएकी छन् ।

उजुरीकर्ताका अनुसार जब उनको विवाह भएको थियो, त्यतिबेलादेखि नै विवाद भइरहेको थियो । उनले पछिल्लो तीन महिनामा आफ्नी आमाको अनुहार देख्न पाएका छैनन् ।

यसरी आयो आमालाई बचाउने उपाय

उजुरीकर्ताले बताएका छन् कि जब उनी आफ्नी आमासंग भेट्ने प्रयास गर्थे, तब उनलाई पुलिसको साहारा लिनुपथ्र्यो । किनकी पत्नीले उनलाई घर छिर्ने अनुमति दिएकी थिइनन् । उनले डीसीडब्ल्यूले यसअघि पनि कयौँ महिलालाई बचाएको थाहा पाएपछि आफ्नी आमालाई छुटाउन लागे ।

पतिका सामू राखिन् यी शर्त

समाचार एजेन्सी एनएनआईका अनुसार , उक्त व्यक्तिको भनाई अनुसार डीसीडब्ल्युको टीम त्यो स्थानमा गयो, जहाँ वृद्ध महिलालाई कैद गरेर राखिएको थियो । तर शुरुवातमा उनकी पत्नीले डीसीडब्ल्यु टिमलाई घरमा प्रवेश गर्न दिइनन् । यद्दपी, सम्झाएपछि डीसीडब्ल्यु टिमलाई केही शर्तमा घरमा जान दिइन् । त्यो शर्त थियो, उनको पतीले आफ्नी आमालाई लिएपछि उनी कहिल्यै घर फिर्ता नआउन् ।

यसपछि उजुरीकर्ता पतिले पत्नीको शर्त मञ्जुर गर्दै लिखित सहमतीका आधारमा आफ्नी आमालाई त्यो कैदबाट सकुशल मुक्त गराए ।

यस्तो थियो अवस्था

जब डीसीडब्ल्यु टिम र पुलिस त्यो कोठामा पुगे, जहाँ वृद्ध महिलालाई कैद गरिएको थियो । तब उनीहरु ती वृद्ध महिलाको अवस्था देखेर दुःखी भए । उनी एकदमै रोगी थिइन् र पातलो कपडामात्रै दिइएको थियो । यस्तै विस्तराकै छेउमा राखिएको बाल्टिनमा उनको थुक र दिसापिसाब भरिएको थियो ।

यो देखेर डीसीडब्ल्यु टिमले तुरुन्त एम्बुलेन्स बोलाएर अस्पताल लगे । डाक्टरले चेक गरेपछि भने कि उनलाई गम्भीर संक्रमण भएको छ । ती वृद्ध महिला अहिलेपनि अस्पतालमा छिन् र उनका छोराले उनको स्षहार गरिरहेका छन् ।