काठमाडौं – पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि चितवन राइनोजले पोखरा पल्टनलाई १६१ रनको चुनौती पेश गरेको छ ।


ADVERTISEMENT


पोखरा रंगशालामा भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनाएपछि पोखराले मध्यम स्कोरको लक्ष्य पाएको हो ।


ADVERTISEMENT

# # #


चितवनका लागि कप्तान पारस खड्काले अर्धशतक बनाए । उनले ३७ बलमा ९ छक्का प्रहार गर्दै ५१ रन बनाए । त्यस्तै, चितवनका लागि सन्नी पटेलले विष्फोटक ब्याटिङ गरे । उनले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाए । आरिफ शेख १४ रनमा अविजित रहे ।

त्यस्तै, ओपनर अनिल कुमार शाहले ३७ रन बनाएर आउट भए । चितवनका लागि कप्तान पारस खड्का र अनिलकुमार शाहले इनिङ्स सम्हालेका थिए । पहिलो विकेटको रुपमा ९ रन हुदा हरिशंकर शाहलाई गुमाएको चितवनले ८५ रन हुदा दोस्रो विकेटको रुपमा पारसलाई गुमाएको थियो । त्यस्तै, १३५ रन हुदा चितवनले तेस्रो विकेटको रुपमा अनिललाई गुमाएको थियो ।

पोखराका लागि ललितनारायण राजवंशी र मोहम्मद नाभिदले समान १-१ विकेट लिए ।