काठमाडौँ– दोस्रो चरणमा निर्वाचन हुने ३ वटा प्रदेशका स्थानीय तहमा हिजो मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आज सार्वजनिक हुँदैछ ।


ADVERTISEMENT


मनोनयन दर्ता गरेका उम्मेदवारमाथि दाबी बिरोध तथा जाँच गरी साँझ साढे ५ देखि ६ बजेसम्ममा उम्मेदवारको नामावली सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । त्यसअघि बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको बिरोधमा उजुरी दिने र बिहान १० देखि साँझ साढे ५ सम्म मनोनयन जाँचको समय छुट्याईएको छ ।


ADVERTISEMENT

# # #


सार्वजनिक गरेको संसोधित निर्वाचन कार्यातालिका अनुसार भोली उम्मेदवारी फिर्ताको समय दिएको छ । भोली नै उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको कार्यातालिका छ । असार १४ गते १, ५ र ७ नम्बर प्रदेशका ३ सय ३४ स्थानीय तहमा निर्वाचन हुँदैछ ।