दुहवी, सुनसरी– फरवार्ड बचत तथा ऋण सहकारी संस्थालिमिटेडको १७ औंवार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्तिक १८ गते सुनसरीको दुहबीमा साधारण सभा सम्पन्न भएको हो ।


ADVERTISEMENT


उक्त साधारण सभाको उद्घाटन गर्दै प्रदेश नं १ का उद्योग तथा पर्यटन मन्त्री जगदिश प्रसाद कुशियतले स–साना दपूँजीको बचत गराउँदै ती रकममा पूजी बृद्धि गरी व्यावसायमा लगानी गरेर आयआर्जनको श्रोतहरु बृद्धि गर्न सकिने बताए ।


ADVERTISEMENT

# # #


यस्तै उनले आफ्ना शेयर सदस्यहरुमा फरवार्डले यस किसिमको उदाहरणीय तथा प्रशंसनीयकाम गरेकोमा अध्यक्ष भगवती चौधरी र उनका पति स्व( दिनेश चौधरीप्रति श्रद्धा तथा सम्मान प्रकट गरे ।

सभामा बोल्दै संस्थाकी अध्यक्ष भगवती चौधरीले सहकारिताका माध्यमवाट समाजको आर्थिक तथा सामाजिक रुपमा गतिविधी सञ्चालन गर्न आवश्यक रहेको भन्दै २०५८ सालमा सहकारी स्थापना भएको जानकारी गराइन् ।

उनले सहकारीले आर्थिक कारोवारद्वारा शेयर सदस्यहरुको आर्थिक कृयाकलापमा सहयोग गर्नुको साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बचत तथा कर्जा कार्यक्रमको माध्यमबाट समाजका विपन्न परिवारको जीवनस्तर माथि उकास्न क्रियाशील रहेको बताइन् ।

उक्त सभाले सहकारी संस्थाकी अध्यक्ष चौधरीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रगती प्रतिवेदन पारित गरेको थियो । बार्षिक साधारण सभावाट आगामीआर्थिक वर्षको वजेट तथा योजना प्रक्षेपन, लेखा परिक्षकको नियुक्ती लगायतका प्रस्तावहरु पारित भएको थियो ।

आर्थिक वर्ष २०७४/७५ यस सहकारी संस्थामा १५१४ जना शेयर सदस्यहरुमा बचत तथाकर्जाको कारोवार गरको जानकारी गराउनु भएको थियो । आर्थिक बर्षमा ११,४०,९५,०००/- कर्जा लगानी रहकोमा आम्दानी १,८२,४६,०००/- र खर्च १,४७,५४,०००/- रहेको आय व्ययको विवरण प्रस्तुती गरेकी थिइन् । त्यस्तै उक्त सभामा आर्थिक वर्ष २०७५/०७६ मा शेयर सदस्य बृद्धि गरी १७०० पुर्याउने लक्ष्य रहेको थियो भने लगानी वृद्धी गरी रु १३ करोड पुर्याउने लक्ष्य रहेको जानकारी गरेकी थिइन् ।

सभामा संस्थाकातर्फावाट खातामा बढी रकमजम्मागर्ने, बढी बाल बचत गर्ने, नियमितकिस्तातिर्ने, पूजीको सदुपयोग गरी व्यापार व्यवसायगर्ने लगायतकाविभिन्नबिद्याका १६ जना शेयर धनी पुरस्कृत भएका थिए ।