काठमाडौं । ईन्टरपोल अन्तर्गतको परियोजना ईन्टरपोल प्रोजेक्ट स्कोरपियसद्वारा दक्षिण तथा दक्षिणपूर्व एशियामा कानुनी प्रवर्धन क्षमता बढाउनका लागि आतंकवाद नियन्त्रण र कानुन कार्यान्वयनको क्षमता अभिवृद्धिमा सहयोग बढाउने उदेश्यले ईन्टरपोल पोष्ट ब्लाष्ट तालिम सिनारियो सम्पन्न भएको छ ।


ADVERTISEMENT


ईन्टरपोलको आयोजना तथा नेपाल प्रहरीको सह(आयोजनामा संचालित को तालिम शुक्रबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


समारोहमा प्रमुख अतिथि बस्न्यातबाट सहभागी १६ देशका ४४ प्रहरी अधिकृतहरु तथा प्रशिक्षकहरुलाई प्रमाण पत्र बितरण, नेपाल प्रहरीको तर्फबाट मायाको चिनो प्रदान गर्नुको साथै समापन मन्तब्य समेत ब्यक्त गरे ।

दक्षिण एशिया र दक्षिण पूर्वी एशिया क्षेत्रमा हुने आतंकवादका घटना नियन्त्रण र कानुन कार्यान्वयनमा तालिम समय सापेक्ष सान्दर्भिक रहेको भन्दै बस्न्यातले आगामी दिनहरुमा यस क्षेत्रका राष्ट्रहरुका बीचमा आपसी सम्बन्ध बढी सहयोगका क्षेत्रहरु बढ्ने विश्वास ब्यक्त गरे ।

ईन्टरपोल तथा नेपाल प्रहरी बीच रहेका सहकार्य, साझेदारी, समन्वय तथा सहयोगको निरन्तरता तथा प्रगाढताको लागि सो संस्थालाई धन्यवाद ज्ञापन गर्दै सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रहरी अधिकृतहरुलाई प्रशिक्षण पश्चात प्राप्त हुने ज्ञान तथा सीपको समयानुकुल प्रयोगको लागि प्रहरी अतिरिक्त महानिरीक्षक बस्न्यातले शुभकामना व्यक्त गरे ।

ईन्टरपोलले आयोजना गरेको तालिमले नेपाल र ईन्टरपोल बीचको सम्बन्ध र नेपाल र सहभागी राष्ट्रहरुबीचको सम्बन्ध थप प्रगाढ हुने सहभागीहरुले बताएका छन् ।

मित्रराष्ट्रहरुसंगको सहकार्यको लागि नेपाल प्रहरी सधै तयार रहने र आतंकवाद नियन्त्रण र अन्तरदेशीय अपराध नियन्त्रणका लगि प्रतिबद्ध रहेको छ ।

गत कार्तिक १२ देखि १६ गतेसम्म राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा केन्द्रिय प्रहरी बिशेष कार्यदल, कपनमा ५ कार्यदिन अवधिको उक्त प्रशिक्षण कार्यक्रममा नेपालसंगै अमेरिका, अष्ट्रेलिया, मेक्सिको, फिलिपिन्स, ईन्डोनेशिया, क्यानडा, माल्दिभ्स, यूके, बङ्गलादेश, मलेशिया, पाकिस्तान, श्रीलँका, नेदरल्याण्ड, ईष्ट टिमोर, ईजिप्टका ४४ प्रहरी अधिकृत तथा प्रशिक्षकहरु सहभागि थिए ।