काठमाडौँ – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पददबाट बर्खास्त गरेका छन् ।


ADVERTISEMENT


मुख्यमन्त्री पौडेलले स्थापितलाई संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार स्थापितलाई बर्खास्त गरी उनको मन्त्रालयको जिम्मेवारी पनि आफैँले लिएका पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


‘संविधानले दिएको अधिकार अनुसाार मुख्यमन्त्रीले मन्त्री स्थापितलाई बर्खास्त गर्नुभएको छ’, पौडेलले भने, ‘तत्तकाललाई स्थापितले सम्हालेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै सम्हाल्नुहुनेछ ।’

बुधबार मन्त्रिपरिषद् बैठकपछि आफूसँग अभद्र व्यवहार गरेको भन्दै मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितलाई बताएका थिए ।