काठमाडौं – नागढुंगा प्रहरीले २२ लाख ५० हजार नेपाली नगद रुपैयाँसहित एक नेपाली नागरिक मोहम्मद हसीव सिद्दिकीलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना ५ ख ६४७७ नं.को यात्रुावाहक बसमा लुकाईछिपाई ल्याएको अवस्थामा प्रहरी निरीक्षक केशवराज भट्टको नेतृत्वको टोलीले चेकजाँच गर्दा फेला परेको हो ।


ADVERTISEMENT

# # #


प्रहरी विषेश सूचनाको आधारमा बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका–४ का ३६ वर्षिय मोहम्मद हसीव सिद्दिकीको कपडाको झोला तथा शरीरमा २२ लाख ५० हजार रुपैयाँ बाँधेर ल्याएको अवस्थामा फेला परेको महानगरीय प्रहरी प्रभागका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए ।

शरीरमा लुकाईछिपाई ल्याएको श्रोत खुलाउन नसकेको उक्त रकमसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको वृत्तका प्रहरी नायव उपरीक्षक थापाले बताए । प्रकाउ परेको रकमसहित हसीव सिद्दिकीलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान पठाइएको प्रहरीले जनाएको छ ।