काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार अस्पतालबाट डिस्र्चाज हुने भएका छन् । छाती र सुगरमा समस्या देखपरेपछि उनी त्रिबि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।


ADVERTISEMENT


नियमित स्वास्थ्य परीक्षणपछि उनी पूर्व अवस्थामा फर्किएकाले आज शुक्रबार डिस्चार्ज गर्न लागिएको डा. अरूण सायमीले नेपाल समाचारपत्रलाई जानकारी दिएका छन् । उनी सरकारी निवासमा केही दिनको आरामपछि काममा फर्कने छन् । – आजको नेपाल समाचारपत्रबाट


ADVERTISEMENT

# # #